गोविन्द केसीले देउवालाई बुझाए ज्ञापनपत्र
बिहीबार, १५ पुस २०७८, २२ : २७
चिकित्सा क्षेत्र सुधारको माग राख्दै गरिएको आन्दोलनको नेतृत्व गर्दै आएका डा.गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।
डा. केसीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई ज्ञापनपत्र बुझाएका हुन् । डा. केसीलाई काँग्रेस महामन्त्री गगन थापाले बालुवाटार लिएर गएका थिए ।
डा.केसी चिकित्सा क्षेत्र सुधारको माग राख्दै पटक-पटक अनसन बस्दै आएका छन् ।