यस्तो छ सृष्टिको ‘चिसो एस्ट्रे’ को टिजर
काठमाडौं सहरलाई चिसो एस्ट्रेका रुपमा विम्बित गर्दै तयार भएको फिल्म ‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक गरिएको छ । टिजरले फिल्मका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा देखाएको छ ।
दिन्श पाल्पालीको निर्देशन रहेको फिल्म चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउनेछ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा फिल्ममा प्रस्तुत गरेको निर्देशक पाल्पालीले बताए । पाल्पालीले यस अगाडि ‘बालकृष्ण समः अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए ।
फिल्ममा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेश बाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । रुपेश ढुंगाना र नविन ढुंगाना सह निर्माता रहेको फिल्म दिन्शले लेखनै लेखेका हुन् । अजर जंगमको संगीत, उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्वल ढकालले सम्पादन छ ।
फिल्मलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ, भने काठमाडौँ बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन
-
परराष्ट्रले गर्यो प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा
-
सामाजिक सदभाव र मर्यादामा आँच पुर्याउनेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी
-
सिजनमै धान तथा चामल आयात, महिना दिनमा २ अर्ब रुपैयाँ खर्च
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
जनकपुर बोल्ट्सलाई नेपोभिटको साथ