आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

बिहीबार, १५ पुस २०७८, २२ : १८
बिहीबार, १५ पुस २०७८

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका हुन् ।

कार्यालय स्थापनासँगै विधिवतरुपमा राष्ट्रियसभाको निर्वाचनको प्रक्रिया सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ३ जनाको लागि निर्वाचन हुन लागेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निमित्त प्रमुख निमराज भट्टराईले बताए । महिला, दलित तथा अन्य समुदायका लागि निर्वाचन हुन थालेको उनले बताए ।

लुम्बिनी प्रदेशमा २ सय ९६ जना मतदाताहरू रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था छ । राष्ट्रियसभा सदस्यका लागि आउँदो माघ १२ गते निर्वाचन हुँदैछ । घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप