शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको लुम्बिनी प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण

बिहीबार, १५ पुस २०७८, २० : ०२
बिहीबार, १५ पुस २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत मंसिर १६ देखि १८ गतेसम्म भैरहवामा सम्पन्न प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

प्रदेश निर्वाचन समितिले बिहीबार भैरहवामा प्रमाणपत्र वितरण गरेको हो । लुम्बिनी प्रदेश अधिवेशनबाट सभापतिमा रोल्पाका अमरसिंह पुन मगर निर्वाचित भएका थिए । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री संजय गौतम, केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाक, लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिना नेपाल विक, काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण लगायतले सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप