एमाले भुत्ते फलामको डल्लो मात्र : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रूपमा नरहेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी समेत गरेका हुन् ।
बिहीबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको क्रान्तिकारी नै भुत्ते भएकाले आफूहरूले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्क समेत गरे । उनले भने, ‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन । धार भुत्ते भयो । भए पनि काम नलाग्ने, त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ । धारै छैन । क्रान्तिकारी चिन्तन नै छैन । परिवर्तनको सङ्कल्प नै छैन । निःस्वार्थ भावना पनि छैन । केही गरौँ भन्ने पवित्र सोच नै छैन । क्रान्तिकारी भावना छैन भने, समर्पणको भावना छैन भने, त्यो पार्टी पार्टी रहँदैन । त्यो पाटीपौवा हुन पुग्दछ । त्यो पाटीपौवाको केही काम छैन ।’
अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र मुलुकलाई समृद्ध बनाउने सङ्कल्पका साथ आफ्नो पार्टी अघि बढिरहेको दोेहोर्‍याए । उनले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने भन्दै टोलटोलमा गएर पार्टीको संगठन निर्माणमा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?