ऋषि कट्टेल नेतृत्वको नेकपाले जनकपुरमा राष्ट्रिय सम्मेलन गर्ने
जनकपुर । नेपाल कम्युनिष्ट पार्टीले जनकपुरधाममा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा ऋषिराम कट्टेल नेतृत्वको नेकपाले प्रदेश २ को राजधानी जनकपुरधाममा राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिइएको हो ।
बहुपदीय प्रणाली अनुसार नेतृत्व चयन गर्नका लागि यही पुस १७ देखि १९ सम्म राष्ट्रिय सम्मेलन गर्न लागेको सो पार्टीका संयोजक ऋषिराम कट्टेलले बताए । सम्मेलनको उद्घाटन भने नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन १५ सेप्टेम्बरमै भर्चुअल माध्यमबाट भइसकेको उनले जानकारी दिए ।
गत असोज, कार्तिक र मंसिर महिनामा प्रदेशस्तरीय ६ वटा समूह बनाएर राजनीतिक प्रतिवेदन, क्रान्तिको कार्यक्रम नयाँ जनवाद, विधान संशोधन, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदनमाथि छलफल सम्पन्न भइसकेको उनले स्पष्ट पारे ।
पुस १७ देखि पुस १९ सम्म जनकपुरधाममा हुने राष्ट्रिय सम्मेलनमा ती प्रतिवेदनलाई पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको संयोजक कट्टेलले बताए ।
उनले एमसीसी देशका लागि घातक रहेकाले सो सम्झौता कार्यान्वयन नहुन दिनका लागि सबै एकजुट हुनुपर्ने बताए । चीनको बढ्दो शक्तिलाई निस्तेज गर्न र आफ्नो स्वार्थकै लागि अमेरिकाले नेपालमा एमसीसी कार्यान्वयनमा जोड दिएको दाबी गर्दै उनले एमसीसीको नाममा नेपाललाई अमेरिकाको रणनीतिक क्रिडास्थल बन्न दिन नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण