‘नेपाल र इजरायलबीचको सम्बन्ध आपसी हित र सहकार्यमा केन्द्रित’
नेपालका लागि इजरायली राजदूत हनन गोर्डर गोल्डबर्गरले नेपाल र इजरायल बीचको सम्बन्ध सुमधुर रहेको बताएका छन् । बिहीबार धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले नेपाल र इजरायलबीचको सम्बन्ध आपसी हित र सहकार्यमा केन्द्रित रहेको बताए ।
उनले जानकी मेडिकल कलेज र इजरायली विश्वविद्यालयका विद्यार्थीबीच कृषि, स्वास्थ्य, प्रविधि सम्बन्धी ज्ञान आदानप्रदान गर्ने वातावरण मिलाएको उल्लेख गरे ।
कार्यक्रममा राजदूत गोल्डबर्गरले कृषि, स्वास्थ्य क्षेत्र र फोहोर व्यवस्थापन जस्ता आवश्यक विषयमा नयाँ प्रयोगको बारेमा चर्चा गरेका थिए । सो अवसरमा उनले जानकी मेडिकल कलेजका निर्देशक डाक्टर रामप्रसाद उप्रेतीले लेखेको प्राथमिक उपचार सम्बन्धी किताबको विमोचनसमेत गरेका थिए ।
राजदूत गोल्डबर्गरले कलेज हाताभित्र निर्माण भएको अस्पताल भवनको अनावरणसमेत गरे । कलेजका सञ्चालक, प्रधानाध्यापक, प्राध्यापक तथा विद्यार्थीको खुलेर प्रशंसा गर्दै उनले अगामी दिनमा कलेज तथा अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कलेजका निर्देशक रामप्रसाद उप्रेतीले कलेजस्तरीय मेडिकल शिक्षा प्रदान गर्दै आएको यस कलेजले आउने दिनमा दक्ष चिकित्सक उत्पादन गर्ने र यसलाई नेपालकै सुविधा सम्पन्न अस्पताल बनाउने बताए ।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डे तथा कलेजका विद्यार्थीहरुको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का