बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्यटकीय नगरी पोखरा २४ सै घण्टा खुला गर्नुपर्छ : गृहमन्त्री खाँण

बिहीबार, १५ पुस २०७८, १८ : २९
बिहीबार, १५ पुस २०७८

गृहमन्त्री बालकृष्ण खाँणले पर्यटकीय नगरी पोखरा चौबिसै घण्टा खुल्ला गर्न सरकार तयार रहेको बताएका छन् । पोखराको लेकसाइडमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरेको ‘पोखरामा सडक महोत्सव’को उद्घाटन गर्दै उनले स्थानीय जनता र व्यवसायीको साथ पाएको अवस्थामा पर्यटकीय क्षेत्र लेकसाइड २४ घण्टा खुलाउन सकिने बताएका हुन् । 

गृहमन्त्री खाँणले पोखरा चौबिसै घण्टा खुलाउनका लागि जनता, व्यवसायी र राजनीतिक पार्टीहरु सहमत भएको अवस्थामा सरकार आवस्यक ब्यवस्था मिलाउन तयार रहेको बताए । ‘पोखरा पर्यटकीय क्षेत्र चौविसै घण्टा खुलाउन तपाईहरु सहमत भएको अवस्थामा सरकार त्यसका लागि आवस्यक शान्ति –सुरक्षाको ब्यवस्था मिलाउन तयार छ,’ उनले भने, ‘चौविसै घण्टा खुल्ला गर्दा जनताबाट कुनासो आउनु भएन, त्यसकालागि स्थानिय जनतासहित तपाइहरुले पहिले सहमति कायम गर्नुहोस्।’

गृहमन्त्री खाँणले व्यवसायीले पर्यटकीय स्थाल चौविस घण्टा खुलाउने माग गर्दै गर्दा अर्को थरी ब्यासायीले विरोध गर्ने अवस्था आउन नहुने बताए । ‘ब्यसायीले रातभरी ब्यवसाय संचालन गर्दा स्थानियको हल्ला भएर समस्या भएको गुनासो आउनु भएन,’उनले भने, गृहमन्त्री खाँणले पोखराको पर्यटकीय क्षेत्रमा रात्रीकालिनरुपमा खुल्ला गाराउनका लागि पर्यटन व्यवसायी र स्थानिय प्रशासनले छलफल गरेर निष्कर्षमा पुग्नु पर्ने बताए । 
गृहमन्त्री खाँणले फेवातालको सीमांकन प्रतिवेदन अनुसार अघि बढ्न सबैको साथ आवश्यक रहेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप