‘अपराधी’ भनेपछि बिच्किएका गिरिराजमणि बन्दसत्रमा फर्किए
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रदेश २ का नेता सत्यनारायण भगतको अभिव्यक्तिका विषयमा छलफल भएको छ। भगतले बुधबारको बन्दसत्रमा पार्टीका केही नेतामाथि आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।
खासगरी उनको अभिव्यक्ति स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल र उनी निकटहरुप्रति लक्षित थियो । सो अभिव्यक्तिपछि बिच्किएका पोखरेल बिहीबारको बन्दसत्रमा अनुपस्थित रहेका थिए । पोखरेल अनुपस्थित भएको विषयमा प्रतिनिधिहरुले प्रश्न उठाएपछि दिउँसो कमलादीस्थित महाधिवेशनको बन्दसत्र हलमै स्थायी समिति बैठक बसेर भगतको अभिव्यक्तिबारे छलफल भएको हो ।
सो छलफलमा अध्यक्ष प्रचण्डले भगतले आत्मालोचना गरिसकेको र यसलाई उचाल्न नहुने बताएपछि पोखरेल आस्वस्त हुँदै बिहीबारको बन्दसत्रको अन्तिम समयमा सहभागी भएको एक नेताले बताए । बैठकमा प्रचण्डले यस विषयमा बन्दसत्रमै थप स्पष्ट पार्ने समेत आश्वासन दिएको बताइएकाे छ ।
यसअघि अध्यक्ष मण्डलको तर्फबाट कार्यक्रम सञ्चालन गर्दै आएका पोखरेल बिहीबार अनुपस्थित भएसँगै उनको ठाउँमा पूर्णाकुमारी सुवेदीले कार्यक्रम सञ्चालन गरेकी थिइन ।
खासगरी प्रदेश २ मा सहिद रामवृक्ष यादवको शालिक भएको भएको ठाउँमा निर्मल लामाको शालिक राख्न् खोजिएको र त्यसमा गिरिराजमणि पोखरेललगायतको संलग्नता रहेको भन्दै उनले अपराधिक मानसिकता भएकाहरुलाई पार्टीले कारबाही गर्नुपर्ने आवाज उठाएका थिए । भगतको सो अभिव्यक्तिपछि पोखरेल आक्रोशित बनेर बैठकमै अनुपस्थित बन्न पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
