शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वायुसेवा निगमको वाइडबडी ए ३३० ग्राउन्डेड

बिहीबार, १५ पुस २०७८, १७ : ३७
बिहीबार, १५ पुस २०७८

नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० जहाजको आन्तरिक इन्जिनमा समस्या आएपछि ग्राउन्डेड भएको छ । गत डिसेम्बर २८ मा काठमाडौं–नारिता नियमित उडानको तयारी गर्ने क्रममा विमानमा प्राविधिक समस्या देखिएपछि आपतकालिन ग्राउन्डेड भएको निगमले जानकारी दिएको छ । ग्राउन्डेड विमानको अहिले रिपियरिङ भैरहेको निगमले जनाएको छ ।

विमानको आवश्यक चेक जाँच गर्दा इलेक्ट्रिक कन्ट्राक्टर म्यानेजमेन्ट युनिटमा समस्या देखिएको र श्रीलंकाबाट आवश्यक पार्टपुर्जा भित्र्याई निगमकै दक्ष ईन्जिनियरिङ्ग टिमबाट मर्मत गरी ३० डिसेम्बर २०२१ को दिउँसो २ बजे विमानलाई उडानयोग्य बनाउने तयारी भैरहेको छ । सोही विमानबाट काठमाडौं–दिल्ली नियमित उडान समेत गर्ने निगमले जानकारी दिएको छ ।

न्यारोबडी ए ३२० विमान (एन–एकेडब्लू) बाट गत २८ डिसेम्बर २०२१ मा काठमाडौं–दोहाको नियमित उडानमा सुरक्षित अवतरण पश्चात् पार्किङ गर्ने क्रममा इन्जिनमा प्राविधिक समस्या देखिन गएको थियो । दोहास्थित कतार एयरवेजको इन्जिनियरिङ टिमले विमानको निरीक्षण गर्दा बायाँ तर्फको इन्जिनमा इन्टरनल डिफेक्ट पहिचान गरेको छ । 

उक्त इन्जिनको उत्पादनकर्ता पीडब्लू/आइएईसँग निगम व्यवस्थापनले आवश्यक परामर्श लिँदा इन्जिनलाई रिप्लेस गरि रिपियर गर्न सुझाब दिएको छ । सोही बमोजिम विमानलाई यथासक्दो छिटो उडानयोग्य अवस्थामा ल्याउन आवश्यक प्रक्रिया समेत अघि बढाइएको निगमले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप