सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

तीन कम्पनीविरुद्ध उच्च अदालत मुद्दा दायर, ५६ करोड मागदाबी

बिहीबार, १५ पुस २०७८, १७ : ११
बिहीबार, १५ पुस २०७८

राजस्व अनसन्धान विभागले ठगी मुद्दाको आरोपमा तीन कम्पनी विरुद्ध पाटन उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले नक्कली बिल प्रयोग गरि राजस्व छलि गर्ने बारा जितपुरको दुई वटा फर्म युनिक लुद्दिन इन्टरनेशनल प्रालि र न्यू माया ट्रेड कन्सर्न र अबैध सुन ओसारपसारमा संलग्न काठमाडौं स्थित मैतीदेवीको बुद्ध ज्वेलरी वर्कशपलाई कारबाही गरेको हो । 

विभागका अनुुसार युनिक लुनिले वस्तु खरिद नै नगरि नक्कलि मूल्य अविवृद्धि बिल प्रयोग गरि ५ करोड ३५ लाख १२ हजार ८०४ रुपैयाँ मूल्य अभिवृद्धि कर, ९ करोड ३४ लाख २७ हजार ११ रुपैयाँ आयकर र १ करोड ३५ लाख ९ हजार ६१८ गरी कुल १६ करोड चार लाख ४६ हजार ३३ रुपैयाँ राजस्व छलि गरेको छ । 

कम्पनीका प्रतिवादी जमाद्दिन अंसारी, जय किशोर साह, सुर्यजित प्रसाद साह र तायनाथ अधिकारीविरुद्ध उच्च अदालतमा मुद्दा दायर गर्दै विभागले १६ करोड ४ लाख ४६ हजार ४३३ बिगो दाबीसहित कुल ३२ करोड ८ लाख ९२ जार ८६६ रुपैयाँ सजाय माग दाबी गरको छ ।

यस्तै, नक्कली बिल प्रयोग गरी राजस्व छलि गर्ने माया ट्रेडले पनि विभागले ३१ लाख ४२ हजार ६५६ रुपैयाँ बिगोदाबीसहित कुल ६२ लाख ८५ हजार ३१२ रुपैयाँ बराबरको सजाय माग गरेको छ । 
यता मैतिदेबीस्थित बुद्ध ज्वेलरी विदेशबाट अवैध सुनको ओसार पसार गरी राज्यलाई नोक्सान पु¥याएको भन्दै विभागले पाटन उच्च अदालतमा फर्म विरुद्ध मुद्दा दायर गर्दै १२ करोड ५ लाख ८५ हजार ९७८ रुपैयाँ विगादाबीसहित २४ करोड ११ लाख ७१ हजार ९५६ रुपैयाँ मागदाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप