प्रचण्डको दस्तावेजमा चुरे संरक्षणको खोजी
नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दस्तावेजमा चुरे संरक्षणको विषय नसमेटिएको भन्दै समेट्न माग गरिएको छ । बिहीबार प्रदेश २ भवानी थापाले तराइमा विकराल समस्याका रुपमा रहने देखिएको चुरे विनाश र संरक्षणको विषय अध्यक्ष प्रचण्डको दस्तावेजमा नआएको भन्दै समेट्न माग गरेकी हुन् । ‘चुरे संरक्षणको बिषय अध्यक्षको दस्तावेजमा आएन, चुरेका कारणले सिंगो मधेस जोखिममा छ ।
यो विषय समेटियोस् भन्ने सुझाव छ’, थापाले सुझाव राख्ने क्रममा भनिन् । त्यस्तै उनले मधेसमा मिटर व्याज समस्या विकराल रुपमा रहेको भन्दै यसबारे पार्टीले उपयुक्त नीति बनाएर पीडितहरुलाई राहत पुग्ने योजना बनाउनुपर्ने समेत बताइन् । साथै थापाले पार्टी एकता गर्दा वैचारिक छलफल नगरी गरिने गरेको भन्दै त्यसतर्फ नेतृत्वको ध्यान जानुपर्ने धारणा थापाले राखिन् ।
केन्द्रीय नेताहरुबाटै सम्पत्ति छानबिन सुरु गर्नुपर्ने सुझाव थापाको छ । बिहीबार बोल्ने अधिकांश टोली नेताहरुले एमसीसी खारेज गर्नुपर्ने र दस्तावेजको व्यवहारिक कार्यन्वयन हुनेमा आशंका गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण