शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

कला संस्कृति अतिक्रमण बचाउन प्रधामन्त्रीलाई महाअभियानको ध्यानाकर्षण

बिहीबार, १५ पुस २०७८, १६ : ५४
बिहीबार, १५ पुस २०७८

नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाडपर्व लगायतमा भएको अतिक्रमणको विरुद्धमा लड्नका लागि भन्दै केही दिन अगाडि ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान २०७८’ घोषणा भएको थियो । परिवर्तन नेपाल नामक संस्थाले घोषणा गरेको महाअभियानको संयोजकमा चलचित्रकर्मी मोहन निरौला रहेका छन् ।

नेपालमा भएको कलासंस्कृति अतिक्रमणको बिषयमा महाअभियानले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएको छ । विहिबार प्रधानमन्त्री निवास बालुटारमा महाअभियानको एक टोलीले भेट गर्दै देशमा बढ्दै गैरहेको सांस्कृतिक अतिक्रमण र बिकृतीबारे जानकारी गराएको हो । 

भेटमा महाअभियानका संयोजक मोहन निरौला, सदस्य सुन्दर श्रेष्ठ, ठण्ड बहादुर अधिकारी, मुकुन्द मैनाली, मनोज भेटवाल, सुरज ढकाल र विश्वदीप घिमिरे सहभागी थिए ।
‘देशका पुरातात्विक सम्पदा एवं संकृतिलाई संरक्षण सम्वर्धन गर्नका लागि राज्यको तर्फबाट विशेष चासो र पहल हुनुपर्ने माग हामीले प्रधामन्त्रीसँग गरेका छौ’ महाअभियानका संयोजक मोहन निरौलाले भने ‘कुनै पनि देशको सम्पता र संस्कृतिसंँग देशको पहिचान हुने हुनाले देशको अस्तित्व र गरिमालाई अक्षुण्यराख्नका लागि संस्कृति जीवन्त रहनुपर्ने अभियानको मुल उदेश्य छ ।’

भेटमा महाअभियानको तर्फबाट प्रतिनिधि मण्डलले प्रधामन्त्रीलाई महाअभियानको प्रतिक स्बरूप नेपालको बिविध संस्कृति र संपदा अंकित छांँया चित्र, अपिल एवं महाअभियानको कार्यक्रम पुस्तिका समेत प्रदान गरेका थिए ।
भेटमा प्रधानमन्त्री देउवाले महाअभियानको सफलताको शुभकामना दिदै सरकार संस्कृतिको संरक्षणका लागि सकारात्मक रहेको र सरकारको तर्फबाट यस अभियानलाई सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
 

परिवर्तन नेपाल अन्तर्गत गठन भएको ‘नेपाली संस्कृति बचाऔं महाअभियान–२०७८’ को शुभारम्भ २०७८ मंसिर २६ गते एक समारोहको बीच भएको थियो । गठन भएयता महाअभियानले हप्तामा एकपटक विभिन्न स्थानमा जनचेतनाका लागि अपील पनि बितरण गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप