शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

हिमपातले पाथीभरा आउने तीर्थयात्री प्रभावित

बिहीबार, १५ पुस २०७८, १६ : १५
बिहीबार, १५ पुस २०७८

गत मङ्गबार र बुधबार भएको हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् ।

समुद्र सतहदेखि तीन हजार ४०० मिटरको  उचाइमा पर्ने पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएसँगै  पूजापाठ गर्न आउने तीर्थयात्री सदरमुकाममै रोकिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । बाक्लो हिउँ जमेकाले तत्काल पग्लिने सम्भावना नरहेको उनले बताए । हिमपातले पाथीभरा जाने पदर्माग पुरिएसँगै पदर्माग खुलाउन समस्या भएको छ । 

पाथीभरा मन्दिरमा पूजापाठ गर्न आज मात्रै दुई  तीर्थयात्रीले दुई सहयोगी लिएर गएका छन् । मङ्गलबार  हिमपातकैबीच ६० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पूजापाठ गरेको समितिले जनाएको छ । मौसम खुल्न  सकेको छैन । हिमपातसँगै अत्यधिक जाडो बढेको छ । आज ताप्लेजुङको तापक्रम न्यूनतम २ डिग्री सेल्सियस रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप