सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विजेता खेलाडीलाई स्वागत गर्न विमानस्थल पुगे मन्त्री

बिहीबार, १५ पुस २०७८, १५ : २३
बिहीबार, १५ पुस २०७८

एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल  हुँदै स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई स्वागत गर्न खेलकुदमन्त्री महेश्वरजंग गहतराज स्वयम् विमानस्थल पुगेका थिए । प्रतियोगितामा अपराजित रहँदै नेपाली महिला राष्ट्रिय भलिबल टोलीले उपाधि जितेको थियो । 

६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पराजित गर्दै नेपाली महिला टिमले उपाधि रक्षा गरेको थियो । साविकको बिजेता महिला टिमले आफ्नो उपाधि रक्षा गर्दा पुरुष टिम भने चौथो स्थानमा रोकिन पुगेको थियो । पुरुष टीम पनि स्वदेश फर्केको छ । 

विमानस्थलमा प्रतिक्रिया दिँदै मन्त्री गहतराजले टिमका खेलाडीहरुलाई स्वागत गर्ने अवसर प्राप्त भएकामा खुसी ब्यक्त गरे ।  महिला टिमले उपाधि रक्षा गरेको खबर प्राप्त भएलगत्तै बुधबार बसेको मन्त्रीपरिषदको बैठकले बिजेता खेलाडीहरुलाई जनही ५ लाखको दरले पुरस्कृत गर्ने निर्णय गरेको बताउँदै मन्त्री गहतराजले आगामी दिनमा थप  जिम्मेवार र लगनशिल भएर खेल्न खेलाडीहरुलाई आग्रह समेत गरे ।  

स्वागत पछि बोल्दै नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले बिजेता खेलाडीहरुलाई नगद राशिले सम्मान गर्ने सरकारको निर्णयले थप हौसला बढाएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप