मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी बन्दसत्रमा विवाद, गिरिराजमणि पोखरेलमाथि कारबाहीको माग भएपछि तनाव !

स्थायी समिति बैठक कमलादीमै जारी
बिहीबार, १५ पुस २०७८, १४ : ४३
बिहीबार, १५ पुस २०७८

नेकपा माओवादी केन्द्रको राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत बन्दसत्रमा विवाद भएको छ । प्रदेश दुईमा नेता गिरिराजमणि पोखरेल र उनको समूहको भूमिकामाथि प्रश्न उठाउँदै उनी लगायतमाथि कारबाहीको माग भएपछि विवाद उत्पन्न भएको हो । 

बुधबार कमलादीस्थित बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा प्रदेश २ का टोली नेता रहेका सत्यनारायण भगतले गिरिराजमणि पोखरेल लगायतमाथि कारबाही हुनुपर्ने आवाज उठाएपछि विवाद भएको हो । सो विषयमा असन्तुष्टि जनाउँदै पोखरेल बिहीबारको बन्दसत्रमै अनुपस्थित रहेको एक नेताले रातोपाटीलाई बताए । उसो त गिरिराजमणि समूहकै नेतृत्व गर्ने नारायणकाजी श्रेष्ठ समेत ढिलागरी बन्दसत्रमा उपस्थित भएका थिए । 

बन्दसत्र सञ्चालन अध्यक्षमण्डलका सदस्य समेत रहेका पोखरेल बन्दसत्रमा अनुपस्थित रहेपछि सम्मेलनस्थलमा हंगामा नै भएको प्रतिनिधिहरुको भनाइ छ । सही विषयलाई समाधान गर्न अहिले कमलादीमै  माओवादी स्थायी कमिटीको बैठक सुरु भएको छ । 

ती नेताले भने, ‘सत्यनारायण भगतले आफ्नो निष्कर्ष सुनाउने क्रममा उठाएको विषयमा छलफल गर्न बैठक बसिरहेको हो । आरोप लागेका नेता नै अनुपस्थित भएको सन्दर्भमा उपयुक्त निर्णय हुन्छ होला ।’

भगतले नारायणकाजी समेतको सहयोगमा गिरीराजमणि र उनी निकटकाले धनुषामा सहिद रामवृक्ष यादवको शालिक हटाएर निर्मल लामाको शालिक राख्ने तयारी गरेको आरोप लगाएका थिए । यो विषय पार्टीले छानबिन गरेर गिरिराजमणिलगायतलाई कारबाही गर्नुपर्ने धारणा हलमा राखेका थिए । तर गिरिराजमणि पोखरेल समूहले भने शालिक आफूहरुले नहटाएको दावी गर्दै आएको छ ।

अपडेट: नेता पोखरेल बिहीबारको बैठक सकिनै लाग्दा बन्दसत्र हलमा प्रवेश गरेका छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप