बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

अब उदयपुरबाटै ई–पासपोर्ट पाइने

बिहीबार, १५ पुस २०७८, १४ : ०७
बिहीबार, १५ पुस २०७८

जिल्ला प्रशासन कार्यालय उदयपुरले ई–पासपोर्ट (विद्युतीय राहदानी) का जिल्लामै निवेदन लिन थालेको छ ।  जिल्ला प्रशासन कार्यालय उदयपुरका कम्प्युटर अपरेटर सुनिल पोखरेलका अनुसार  यसका लिग प्रशासन कार्यालयबाट अनलाइन फारम भर्ने र कागजातहरू सिष्टममा अपलोड गर्न थालिएको छ । अपरेटर पोखरेलले भने ‘हामीले अपलोड गर्ने कागजातहरू चार सय किलो वाइटभन्दा कम साइजको हुनुपर्छ । यसका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य चाहिन्छ ।

नयाँ प्रविधि भएकाले समय लाग्ने र आलोपालो मिलाउनु पर्ने भएकाले फारम भर्न जिल्ला प्रशासन जाँदा समय लिएर आउन जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले अनुरोध गरेका छन् । उनका अनुसार हामीलाई प्राप्त जानकारीअनुसार ई(पासपोर्टको लागि आवेदन पेश भएपछि १५ दिनभित्र बनेर आउँछ ।

के हो ई पासपोर्ट ?
ई–पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले ई–पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ । इलेक्ट्रोनिक राहदानी एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो छ । यसमा उच्च किसिमको प्रविधिको प्रयोग गरिने भएकाले विश्वासिलो पनि मानिन्छ । ई–पासपोर्टमा मोबाइलको सिम जस्तै विद्युतीय ‘चिप’ प्रयोग हुन्छ । त्यसमै पासपोर्टबाहक व्यक्तिगतको विवरणसहित बायोमेट्रिक डाटा राखिन्छ । यो पासपोर्टलाई मेसिन–कम्प्युटरले सहजै रिड गर्न सक्छ ।

ई–पासपोर्ट लागू भएपछि पासपोर्टको दुरुपयोग घट्ने अपेक्षा छ । किनभने यसमा इलेक्ट्रोनिक डाटामा बायोमेट्रिक राखिएको हुन्छ । यस्ता जैविक संकेतहरु अर्कासँग (अपवाद बाहेक) मिल्दैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप