संविधानमा रहेको मतभेदलाई प्रचण्डको प्रतिवेदनमा उल्लेख गर्न माग
नेकपा माओवादी केन्द्रले संविधानसभामा पेस गरेको फरक मतलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गर्न माग गरिएको छ । सो पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलमा उठेका विषयलाई बन्दसत्रमा पेस गर्दै सल्लाहकार समिति समूह ‘क’ का चित्रबहादुर श्रेष्ठले यस्तो बताएका हुन् ।
संविधानसभामा नेकपा माओवादी केन्द्रका तर्फबाट पेस गरिएको मुलभूत मतभेद संक्षिप्त रुपमा भने पनि प्रतिवेदनमा उल्लेख गर्न उपयुक्त हुने सुझाव आएको उनले बताए । २१ औं शताब्दीमा नेपाली राजनीतिक दलहरुको अवस्था, समाजवादी क्रान्तिको लागि के कस्ता भूमिका रहनेछ भन्ने व्याख्या पनि प्रतिवेदनमा गर्नुपर्ने उनको भनाइ छ ।
प्रजातान्त्रिक समाजवाद र वैज्ञानिक समाजवादबीच भिन्नताबारे व्याख्या गर्न आवश्यक रहेको पनि उनले औंल्याए । यस्तै, अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्नुपर्ने र चीन तथा भारतसँगको परराष्ट्र नीति कस्तो हुने भन्ने प्रस्ट विश्लेषण हुनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण