शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डको दस्तावेजमा लेखनाथ न्यौपानेद्वारा ८ बुँदे फरक मत प्रस्तुत

बिहीबार, १५ पुस २०७८, १३ : ४५
बिहीबार, १५ पुस २०७८

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् ।   बन्दसत्रमा समूहगत छलफलका क्रममा उनले प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै ८ बुँदे फरक मत राखेका हुन् । 

उपत्यका विशेष प्रदेश समितिको समूहगत छलफलमा उनले फरक मत राखेको र सोसम्बन्धी जानकारी टोली नेता जगत सिम्खडाले बन्दसत्रमा रिपोर्टिङ गराएको एक नेताले बताए । दस्तावेजमा आधारभूत विषयहरु अपुग रहेको र महाधिवेशनको दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको भन्दै उनले फरक मत राखेको बताइएको छ।  यस्तै सो समूहका केही प्रतिनिधिले लिखित सुझाव राखेको पनि बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप