शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रीय समिति दुई अंकको बनाउन सुझाव, वाईसीएलबारे प्रष्ट पार्न माग

बिहीबार, १५ पुस २०७८, १३ : ३६
बिहीबार, १५ पुस २०७८

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी दुई अंकको बनाउन सुझाव आएको छ । बन्दसत्रमा उपत्यका विशेष प्रदेश समूहको छलफलबाट निस्किएका निष्कर्ष सुनाउँदै टोली नेता जगत सिम्खडाले केन्द्रीय कमिटी दुई अंकको बनाउन सुझाव आएको बताए । हाल माओवादीको विधानमा केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने प्रस्ताव रहेकामा सिम्खडाले ९९ सदस्यीयमै सीमित गर्न सुझाव दिएका हुन् । 

यस्तै उनले वाईसीएलबारे विधानमा जबस मोर्चा भनिएको भन्दै वाईसीएल सहायक संगठन हो कि जबस मोर्चा हो भन्ने प्रश्न गर्दैै यसबारे प्रष्ट परिनुपर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप