सहिद स्मारक ए डिभिजन लिग : सातौँ चरणका खेल शुक्रबारबाट सुरु हुँदै
![सहिद स्मारक ए डिभिजन लिग : सातौँ चरणका खेल शुक्रबारबाट सुरु हुँदै](https://rpcdn.ratopati.com/media/albums/football_3kFqtmedtU.jpg)
सहिद स्मारक ए डिभिजन लिग फुटबलको सातौँ चरणका खेल भोलिबाट सुरू हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगको सातौँ चरणका खेलहरू शुक्रबार सुरू भई सोमबार समाप्त हुनेछन् । यो चरणमा दुई स्थानमा खेलहरू हुनेछन् ।
६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र एक खेल पोखरा रंगशालामा हुने आयोजकको भनाइ छ । शुक्रबार काठमाडौंमा दुई खेल हुनेछन् । मध्यान्ह १ बजे हुने पहिलो खेलमा विभागीय टोलीहरू एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दैछन् । पौने ५ बजेको खेलमा भने फ्रेन्ड्स र न्युरोड टिम एनआरटी आमनेसामने हुनेछन् ।
यस्तै, शनिबार तीन खेल हुनेछ । १ बजे र पौने ५ बजे काठमाडौंमा दुई खेल हुँदा दिउँसो २ बजे पोखरामा घरेलु टोली मनाङ मर्स्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को चुनौती लिनेछ । काठमाडौंमा थ्री स्टार र जावलाखेल युथ भिड्दा दोस्रो खेलमा संकटा क्लब र च्यासल युथ क्लब आपसमा भिड्नेछन् ।
तेस्रो दिन एकमात्रै खेल हुनेछ । पौने ५ बजे सुरू हुने खेलमा नेपाल पुलिस क्लबले मछिन्द्र फुटबल क्लबलाई रोक्ने प्रयास गर्नेछ । सातौँ चरणको अन्तिम दिन दिउँसो १ बजे सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन् ।
जारी लिगको छैटौं चरणको खेल समाप्त हुँदा १४ अंकसहित मछिन्द्र शीर्ष स्थानमा छ । १३ अंक बनाएको मनाङ दोस्रो स्थानमा रहँदा १२ अंकको संकटा तेस्रो स्थानमा छ भने १० अंकको आर्मी तेस्रो स्थानमा छ । समान ८ अंक बनाएको सातदोबाटो र हिमालयन शेर्पा क्रमशः पाँचौ र छैटौँ स्थानमा रहँदा समान सात अंकका थ्रीस्टार, एनआरटी र जावलाखेल क्रमशः सातौबाट नवौँ सम्ममा छन् ।
यता, ६ अंकको पुलिस दशौँ स्थानमा रहँदा समान ५ अंकका एपीएफ र बीबीसी क्रमशः ११ औँ र १२ औँ स्थानमा छन् । चार अंकको च्यासल र तीन अंकको फ्रेन्ड्स रेलिगेसन जोनमा छन् । सातौँ चरणमा शीर्षस्थानमा रहने टोली एएफसी कप २०२२ को छनोटको लागि स्थान बनाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा
-
पूँजीगत खर्च शत–प्रतिशत सुनिश्चित गर्न मन्त्री यादवद्वारा निर्देशन
-
मन्त्रिपरिषद बैठक : अर्थ मन्त्रालयको सचिव परिवर्तन
-
१० बजे १० समाचार : प्रधानमन्त्रीलाई पदमुक्त गर्न मागसहित मुद्दादेखि संसदमा ‘जनयुद्ध जिन्दावाद’को नारासम्म