प्रचण्डको दस्तावेजमा भारतीय विस्तारवाद, हिन्दु अतिवादले नेपालमा पारेको असर उल्लेख गर्न माग
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा भारतीय विस्तारवाद र हिन्दु अतिवादले नेपालमा पारेको असर उल्लेख गर्न माग गरिएको छ । सम्पर्क समन्वय विशेष प्रदेश कमिटीका तर्फबाट प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष बन्दसत्रमा प्रस्तुत गर्दै श्रीकृष्ण अधिकारीले यस्तो माग गरेका हुन् ।
उनले अध्यक्षको राजनीतिक प्रतिवेदनले यथास्थितिको निरन्तरतामा क्रमभङ्ग गरेको पनि चर्चा गरे । प्रतिवेदनले बुर्जुवा व्यवस्थाविरुद्ध प्रहार गरेको उनको भनाइ थियो । उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट मञ्च निर्माणमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझावसमेत आएको बताए । प्रतिवेदनमा त्रिदेशीय रणनीतिक साझेदारीबारे विश्लेषण आवश्यक रहेको पनि उनले औंल्याए ।
असमान सन्धि पुनरावलोकन गर्ने तथा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा प्रकाशनको स्वामित्व पार्टीले लिनुपर्ने सुझाव पनि आफ्नो समूहबाट आएको उनले बन्दसत्रलाई जानकारी गराए ।
उनले राजनीतिक दलहरूलाई हेर्ने दृष्टिकोण पनि प्रस्ट पार्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण