शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डको राजनीतिक प्रतिवेदनको शीर्षक नै परिवर्तन गर्न सुझाव

बिहीबार, १५ पुस २०७८, १३ : १८
बिहीबार, १५ पुस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशन अन्तरगत बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ‘२१ औं शताब्दीमा नेपाली समाजवादको नेपाली बाटो’को शीर्षक परिवर्तन गर्न सुझाव आएको छ । 

उपत्यका विशेष प्रदेशको समूहमा भएको छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा टोली नेता जगत सिम्खडाले प्रतिवेदनको शीर्षक परिवर्तन गरेर ‘समाजवादी क्रान्तिको नेपाली बाटो’ राख्न उपयुक्त हुने समूहमा सुझाव आएको बताए । 

उनले छलफलमा प्रचण्ड पथलाई ब्यूँताइनु पर्ने सुझाव समेत आएको बताउँदै कार्यकर्तालाई उत्पादनमा जोडिनुपर्ने बताए । सातौँ महाधिवेशनमा ल्याइएको उत्पादन ब्रिगेड किन कार्यान्वयन हुन सकेन भन्नेबारे पनि समीक्षा हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप