शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

महाधिवेशनबाटै पदाधिकारी चयन गर्न माग

बिहीबार, १५ पुस २०७८, १३ : ०४
बिहीबार, १५ पुस २०७८

नेकपा माओवादी केन्द्रको महाधिवेशन हलबाटै पार्टी नेतृत्वसहितको केन्द्रीय कमिटी र पदाधिकारी चयन गरिनुपर्ने आवाज बन्दसत्रमा उठेको छ । राष्ट्रिय महाधिवेशन अन्तरगत जारी बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा समूह १३ का टोली नेता गोपाल शर्माले प्रतिनिधिहरुबीचको छलफलबाट यस्तो निष्कर्ष आएको बताए । 

‘हालै सम्पन्न जबस संगठनहरुमा नेतृत्व र पदाधिकारी बिहीन बनाएर राजनीतिमा राम्रो सन्देश गएको छैन’, उनले भने, ‘महाधिवेशनमा पनि यो स्थिति पैदा हुनुहुँदैन । माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहलाई  समेत कमजोर बनाइएको छ । महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ ।’

पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको बताइएको बेला बन्दसत्रमा यस्तो आवाज उठेको हो ।  उनले कार्यसम्पादनअनुसार नेताहरुको जिम्मेवारी निर्धारण हुनपर्ने पनि जोड दिए । युवा नेतृत्वलाई अवसर सिर्जना पार्टीमा हुनुपर्ने, शीर्ष नेताले निश्चित समयमा जिम्मेवारीबाट बिदा प्रणालीको विकास हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि पार्टीबाट पहल हुनुपर्ने जस्ता सुझाव पनि शर्माले बन्दसत्रमा राखे । 

उनले प्रचण्ड पथलाई विचारधाराको रुपमा अघि बढाइनुपर्ने भन्दै प्रचण्डपथलाई ब्युँताइए पश्चगमन हुन्छ भनेर राजनीतिक प्रतिवेदनमा प्रस्तुत गरिनु आफैंमा विरोधाभाष हुने धारणा राखे । उनले पार्टीमा जिम्मेवारी लिने दिने र सरकारमा सहभागिता तथा सञ्चालनको सन्दर्भमा पनि ठोस नीति आवश्यक रहेको धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप