शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

सानिमा बैंकको ‘सानिमा सजिलो इ–बैंकिङ’ योजना सार्वजनिक

बिहीबार, १५ पुस २०७८, १२ : ४९
बिहीबार, १५ पुस २०७८

नयाँ वर्षको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि ‘सानिमा सजिलो इ–बैंकिङ’ योजना सार्वजनिक गरेको छ । सानिमा सजिलो इ–बैंकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कारहरू जित्न सकिने बैंकले जनाएको छ । मोबाइल एप निर्माता एफ वन सफ्टसँगको सहकार्यमा सञ्चालित यस योजनामा ३ विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली– इन्डोनेसिया भ्रमण र ५ जनाले पोखरा भ्रमण पुरस्कार प्राप्त गर्न सक्नेछन् । 

त्यस्तै, पहिलोपटक कारोबार गर्ने १० जनाले प्रत्येक दिन १ सय क्यास ब्याक पनि प्राप्त गर्न सक्नेछन् । यस योजनामा सहभागी हुनको लागि  ग्राहकहरुले सानिमा बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो इ–बैंकिङ प्रयोग गरी महिनामा कम्तीमा १५ वटा कारोबार गरेको हुनुपर्छ । यो योजना पुष १७ गतेदेखि (जनवरी १) देखि चैत ८ (मार्च २२) सम्म लागू हुनेछ । सानिमा बैंकको देशभर १ सय १९ वटा कार्यालय र ९७ वटा एटिएम सञ्चालनमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप