सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

२८ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक

बिहीबार, १५ पुस २०७८, १२ : १२
बिहीबार, १५ पुस २०७८

नेपाल राष्ट्र बैंकले २८ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको २८ करोड ६ लाख रुपैयाँ मुद्दती निक्षेपको रुपमा एक वर्षका लागि लगानी गर्न चाहेको बताएको हो ।  आगामी माघ २ गतेदेखि आउँदो वर्ष २०७९ माघ १ गतेसम्म कुल ३६५ दिनका लागि यस्तो रकम ब्याजमा लगानी गर्न लागिएको बैंकले जनाएको छ । 

इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले यहीँ पुस १८ गते दिउँसो २ बजेभित्र निक्षेप माग गर्न सक्नेछन् ।  बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुले २२ करोड ४६ लाख रुपैयाँ पाउनेछन् भने ‘ख’ वर्गका विकास बैंकहरुले ४ करोड २० लाख रुपैयाँ र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुले बढीमा १ करोड ४० लाख रुपैयाँ निक्षेप पाउनेछन् । 

तर, उक्त निक्षेप पाउन बैंक तथा वित्तीय कम्पनीहरुको स्टाटस गुमेको हुनुहुँदैन । राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम गरेको, खुद तरल सम्पति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने बैंकले जनाएको छ । 

थप, निक्षेप चाहने बैंकको निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको कम्तिमा पनि पाँच प्रतिशत भन्दा कम हुने पर्ने बैंकको सर्त रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप