फागुनमा ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ हुने
‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ को १० औं संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ । नेपाल र अफ्रिकाको सांस्कृतिक सम्बन्ध बलियो बनाउने उदेश्यले फेस्टिभल आयोजना हुँदै आएको हो ।
फागुन पहिलो साताबाट राजधानीमा आयोजना हुने महोत्सवमा अफ्रिकी मुलुकबाट फिल्म आउने क्रम जारी छ । हालसम्म अफ्रिकाबाट तीन दर्जनभन्दा बढी फिल्म महोत्सवका लागि प्राप्त भइसकेको महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी दिइन् ।
यसपटक कलेज अफ जर्नालिज्मले महोत्सव विलक्षण क्रिएसनसँगको सहकार्यमा आयोजना गर्न लागेको हो । तीन दिनसम्म चल्ने महोत्सवमा अफ्रिकीसँगै नेपाली चलचित्र, लघुचलचित्र, वृत्तचित्रसमेत प्रदर्शन हुनेछ ।
महोत्सवमा सहभागी हुन चाहने नेपाली चलचित्र, लघुचलचित्र तथा वृत्तचित्र यही पुस महिनाभरी आयोजक पक्षलाई इमेल, भिडियो तथा अन्य माध्यमबाट पठाउन सकिनेछ ।
महोत्सवले नेपाल र अफ्रिकाको चलचित्र संस्कृति आदनप्रदानमा सहयोग पु¥याउँदै आएको महोत्सवको निर्देशक डब्बु क्षत्रीले बताए । महोत्सवमा अफ्रिकी मुलुकका विभिन्न फिल्मकर्मी सहभागी हुने क्षेत्रीको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध
-
नक्कली भुटानी शरणार्थी प्रकरण : उच्चले थुनामै पठाएपछि बेचन झा पुगे सर्वोच्च
-
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि समितिमा छलफल सुरु
-
पूर्वाधार पत्रकार समाजको अध्यक्षमा सुनिता कार्की
-
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन दुई चरणमा हुने
-
काठमाडौँ महानगरद्वारा ४३ वटा पूर्वाधार योजना सम्पन्न