चकलेटको प्याकेटमा लुकाएर ल्याएको ५० ग्राम सुनसहित युवक पक्राउ
![चकलेटको प्याकेटमा लुकाएर ल्याएको ५० ग्राम सुनसहित युवक पक्राउ](https://rpcdn.ratopati.com/media/albums/pakrau_arrest_jail_cartoon_2_JMFQT0RndT.jpg)
कतारको दोहाबाट चकलेटको प्याकेटमा लुकाएर सुन लिएर आएका युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पक्राउ परेका छन् । सिरहा घर भएका २१ वर्षीय मोहम्मद इजराइल मियाँलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए ।
कतार एअरवेजको क्यूआर–६५० को उडानमार्फत बुधवार साँझ दोहाबाट काठमाडौं आएका मियाको साथबाट भन्सार कार्यालयले सिक्रीको आकारमा ल्याएको ५० ग्राम सुन बरामद गरेको छ । भन्सार कार्यालयले जर्ती काटेको गहना बाहेकका सुनको राजस्व लिँदै आएको छ ।
मियाले सुटकेश भित्र चकलेटको प्याकेटमा चकलेट जस्तै देखिने गरेर लुकाई छिपाई भन्सार छल्ने बदनियतको साथ सुन ल्याएका थिए । अहिले उनलाई महानगरीय प्रहरी वृत गौशालाको हिरासतमा राखिएको छ ।
उनलाई भन्सार ऐन अनुसार कारवाही हुने प्रमुख भन्सार प्रशासक भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम रोयल्स
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य
-
चार महिनामा रेड नोटिस जारी भएका ९ जना पक्राउ
-
राजनीतिक भागबण्डाका आधारमा नियुक्त डीनलाई खारेज गर्न अखिल (क्रान्तिकारी) को माग
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित तामाङ लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य
-
काठमाडौँ उपत्यकामा ४ महिनामा १२४ वटा बलात्कारका घटना