माओवादी केन्द्रको बन्दसत्रमा १४ टोली नेताले रिपोर्ट प्रस्तुत गर्नेक्रम जारी
नेकपा माओवादी केन्द्रको बन्दसत्र अन्तरगत अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफलबाट निकालिएको निष्कर्षको रिपोर्ट पेश गर्ने क्रम जारी रहेको छ । बुधबारदेखि रिपोर्ट प्रस्तुत गर्ने क्रम सुरु भएको थियो भने सो दिन ११ टोली नेताले आफ्नो रिपोर्ट पेश गरेका थिए । यस्तै बिहीबार बाँकी १४ टोली नेताले आफ्नो रिपोर्ट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
बिहान ११ बजेदेखि सुरु भएको बन्दसत्रमा समन्वय समितिको तर्फबाट श्रीकृष्ण अधिकारीले आफ्नो रिपोर्ट पेश गरेका छन् । अन्य टोली नेताले पनि क्रमशः रिपोर्ट पेश गर्नेछन् । प्रचण्डले सोमबार प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्न १५ समूह विभाजन गरिएको थियो । छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गरेर सकेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने छ ।
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन पुस ११ गतेदेखि सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार