राष्ट्रियसभा सदस्य निर्वाचन : बागमती प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । निर्वाचन कार्यक्रम संचालनका लागी बिहिबार बिहान एक कार्यक्रमको आयोजना गर्दै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालय बागमती प्रदेशको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
राष्ट्रिय सभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी दुईजनाको पद रिक्त हुँदैछ । रिक्त रहेको सो पदमा आगामी माघ १२ गते हुने निर्वाचनको कार्यक्रम तोकिएको छ । उक्त कार्यालयबाट सो पदका राष्ट्रियसभा सदस्यहरुको निर्वाचन कार्यक्रम संचालन हुनेछ ।
उक्त निर्वाचनका लागि जिल्ला अदालत मकवानपुरका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको छ ।
यस्तो छ निर्वाचन कार्यक्रम तालिका
निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृतको कार्यालय हेटौडाले आगामी पुस १७ गते मतदाताको नामावली प्रकाशन गर्नेछ । पुस २० गते १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।
यसैगरी माघ १२ गते विहान ९ बजे देखि ३ बजेसम्म मतदान कार्यक्रम संचालन हुनेछ । मतदानका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा रहेको हेटौंडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदान स्थल तोकिएको छ ।
मतदानका लागी बागमती प्रदेशसभाका १ सय ९ जना सदस्यहरु र प्रदेशका १३ जिल्लाका १ सय १९ वटा स्थानीय तहका २ सय ३८ प्रमुख र उपप्रमुख गरी कुल ३ सय ४८ जनाले मतदाता सहभागि हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण