अमेरिकामा कोभिड संक्रमितको संख्या बढेको बढ्यै, दैनिक १२ सयको मृत्यु
बिहीबार, १५ पुस २०७८, ११ : ०२
अमेरिकामा कोभिडका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा कोभिड संक्रमण डरलाग्दो ढंगले फैलिएको छ ।
मंगलबारसम्म पछिल्लो एक सातामा औषतमा दुई लाख ६५ हजार ४२७ जनामा संक्रमण देखिएको छ । घरबाट गरिएका परीक्षण समावेश नगरिएकाले तथ्याङ्कमा उल्लेख गरिएको भन्दा बढी संक्रमित हुन सक्ने विज्ञहरुले बताएका छन् ।
अहिले पनि अमेरिकामा संक्रमणका कारण औषतमा दैनिक १२ सयको मृत्यु हुने गरेको छ । संक्रमण बढ्नुमा नयाँ भेरियन्ट ओमिक्रोन भाइरसलाई मुख्य जिम्मेवार मानिएको छ । ओमिक्रोनका कारण अमेरिकामा अस्पताल जाने बिरामीको संख्या न्यून भएपनि यसको संक्रमण दर भने तीव्र छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल