आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा तमु ल्होसारको शुभकामना

बिहीबार, १५ पुस २०७८, १० : ३६
बिहीबार, १५ पुस २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गुरुङ समुदायको नयाँ वर्ष एवं ठूलो पर्व तमु ल्होसारका अवसरमा शुभकामना ब्याक्त गरेको छन। उनले शुभकामना सन्देशमा मुलुकको सुन्दर पक्ष भनेको बहुधार्मिक, बहुभाषिक र बहुजातीय विविधतायुक्त सहअस्तित्व रहेको समाज भएको बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले विविध समुदायले मनाउने पर्वहरुले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाइ थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन । उनले यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्यको कामना गरेका छन् ।

नेपालको संविधान २०७२ को महत्वपूर्ण उपलब्धि लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता रहेको भन्दै मुख्यमन्त्री पोखरेलले गुरुङ समुदायले परम्परादेखि पुस १५ का दिन मनाउँदै आएको यस पर्व नेपाली सांस्कृतिक परम्पराका लागि उदाहरणीय रहेको उल्लेख गरेका छन् ।

गुरुङ समुदायको परम्परागत रुपमा मनाउदै आएको ल्सोसार पर्वमा आफन्त, कुलकुटुम्बसँग भेटघाटका साथै भोजभतेर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने चलन रहेको छ । नेपालमा गुरुङ समुदायले धेरै पहिलादेखि संस्कृति र परम्पराको संरक्षण गर्दै आएको छ ।

उनले भनेका छन्, ‘यस पर्वले अझै उक्त समुदायको मौलिक परम्परा र सांस्कृतिक महत्वको पक्षलाई उजागर गर्ने छ ।सबै नेपालीबीच आपसी प्रेम, वन्धुत्व र एकताको भावना बढाएर शान्त र समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु ।’ तमु ल्होसारका दिन पुस १५ गते गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यसैगरी संघिय सरकारले समेत तमु ल्होसार पर्वका अवसरमा आज देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप