आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रिलायन्सको उत्तराधिकारीको विषयमा पहिलो पटक बोले मुकेश अम्बानी : भने, ‘छोराछोरीमा म त्यो आगो देख्छु जुन मेरो बुवामा थियो’

बिहीबार, १५ पुस २०७८, १० : ३१
बिहीबार, १५ पुस २०७८

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले आफ्नो ग्रुपको उत्तराधिकारीको बारेमा पहिलो पटक बोलेका छन् । नयाँ पिढि नेतृत्वका लागि तयार भएको उनले बताएका छन् । उनले आकाश, इशा र अनन्तले आफूहरुले भन्दा पनि राम्रो प्रदर्शन गरिरहेको बताएका छन् ।

पारिवारिक समारोहमा बोलिरहेको थिए मुकेश अम्बानी

रिलायन्सको जग बसाल्ने धीरुभाई अम्बानीको जन्म दिनमा मुकेश अम्बानी एक पारिवारिक समारोहमा बोलिरहेका थिए । उनले भने, ‘युवापिढि अब नेतृत्वको भूमिका निभाउन तयार भएका छन् । अब म उत्तराधिकारीको प्रक्रियालाई तीव्र बनाउन चाहन्छु । हामीले नयाँ पिढिलाई मार्गदर्शन गर्न आवश्यक छ । उनीहरुलाई सक्षम बनाउन आवश्यक छ । उनीहरुलाई प्रोत्साहित गर्न र बसेर ताली बजाउन आवश्यक छ ।’

उनले भने, ‘म प्रत्येक दिन रिलायन्सका लागि बच्चाको आकांक्षा, प्रतिबद्धता र समर्पण देखिरहेको छु र महसुस गरिरहेको छु । म उनीहरुमा सोही क्षमता देखिरहेको छु । जुन मेरा पितासँग लाखौँ मानिसको जीवनमा परिवर्तन ल्याउने र भारतको विकासमा योगदान दिनका लागि थियो ।’

१. पहिले भन्दा  उज्ज्वल भविष्य

अम्बानीले भने, ‘हामी रिलायन्सको स्वर्णिम दशकको दोस्रो भागमा प्रवेश गरिरहेका छौँ, म तपाईंलाई भन्न सक्छु कि मैले हाम्रो कम्पनीको भविष्य पहिले भन्दा धेरै उज्ज्वल देखिरहेको छु । म विश्वासका साथ दुई भविष्यवाणी गर्न सक्छु । सबैभन्दा पहिला भारत विश्वकै शीर्ष तीन अर्थव्यवस्था मध्येको एक बन्ने तरखरमा छ । दोस्रो, रिलायन्स विश्वकै सर्वाधिक मजबुत र सर्वाधिक प्रतिष्ठित भारतीय बहुराष्ट्रिय कम्पनीमध्ये एक बन्न लागेको छ ।

२. रिलायन्सको भविष्यको विकासमा जग राखिने छ 

अम्बानीले यो ठूलो अवसरको लाभ उठाएर रिलायन्सको भविष्यको विकासको जग राखिने बताए । रिलायन्स एउटा कपडा कम्पनीको रुपमा सुरु भएको थियो । अब यो विभिन्न व्यवसायमा समावेश  भएको छ । यसको तेलदेखि केमिकलवाला कम्पनी अब रिटेल, टेलिकम, ई–कमर्श जस्ता क्षेत्रमा नम्बर वान बनिरहेको छ । यसको उत्पादनले प्रत्येक दिन मानिसको जीवनलाई छुने गर्छ ।

३. उर्जा व्यवसायलाई नयाँ रुप दिइएको छ

आफूहरुले उर्जा व्यवसायलाई पुरै नयाँ रुप दिएको बताएका छन् । उनका अनुसार अब रिलायन्स क्लीन एन्ड ग्रीन इनर्जी र साधनमा विश्वव्यापी लीडर बन्ने तर्फ अग्रसर भइरहेको छ । 

६४ वर्षीय अम्बानीले सन् २००२ मा आफ्ना पिताको मृत्युपछि रिलायन्सको अध्यक्षको रुपमा पदभार सम्हाले । उनका तीन सन्तान आकाश, इशा र अनन्त रिलायन्सको टेलिकम, रिटेल र ऊर्जा व्यवसायमा समावेश छ । यीमध्ये कोही पनि रिलायन्सको बोर्डमा छैनन् तर उनीहरु कम्पनीको प्रमुख कार्यक्षेत्रमा निर्देशक छन् । उनले आफ्ना छोराछोरीबारे कुरा गर्दै भने, ‘आकाश, इशा र अनन्त अर्को पिढिको नेतृत्व लिएर रिलायन्सलाई थप उचाईमा पुर्याउनेछन् भन्नेमा कुनै शंका छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप