पितृ श्राद्धका लागि पूर्वराजा गोकर्णेश्वरमा, तस्बिरहरू
बिहीबार, १५ पुस २०७८, १४ : ००

धार्मिक तीर्थ स्थल जाने क्रममा पूर्व राजा ज्ञानेन्द्र शाह बिहीबार बिहान गोकर्णेश्वरको उत्तरबाहिनीस्थित उत्तरगया पुगेका छन् । शाह पितृ श्राद्धको लागि आफ्ना पुरोहितसहित गेरु वस्त्र धोती, दौरा सुरुवाल र कमिज लगाएर उत्तरगया पुगेका थिए । तीर्थ श्राद्धस्थलको नामले चिरपरिचित उत्तरगया क्षेत्रमा आफ्ना दिवङ्गत पितृको नाममा पूर्व राजाले श्राद्ध गरेका हुन् ।
उत्तर तर्फको शिवपुरी बागद्वारबाट बहन सुरु भएको बागमती उत्तर बहिनी क्षेत्रमा आएपछि दक्षिणबाट उत्तरतर्फ बहने भएकोले यस क्षेत्रलाई उत्तरगयाको नामले चिनिन्छ । आफ्ना पितृका नाममा केही दशक पहिला तत्कालीन राजा वीरेन्द्रले पनि यस क्षेत्रमा आइ यहाँ अवस्थित कान्ति भैरवको मन्दिरमा पूजा आराधना गरेका थिए । यस क्षेत्रमा श्राद्ध, तर्पण गर्नाले पितृहरूको उद्धार हुने धार्मिक विश्वास एवम् मान्यता रही आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश ‘क्याबिनेट’ निर्णय : लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन
-
विवाह बन्धनमा बाँधिए क्रिकेटर अविनाश
-
अभिनेता आर्यन अधिकारीले गरे अनिषासँग इन्गेजमेन्ट
-
बैंगलुरु र पञ्जाबको खेलमा वर्षा बाधक
-
भारत सरकारको सहयोगमा सुन्दरहरैँचामा विद्यालय भवनको शिलान्यास
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी