शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समुन्नत र समृद्ध नेपाल निर्माणमा ल्होसारले प्रेरणा दिने छ : उपराष्ट्रपति पुन

बिहीबार, १५ पुस २०७८, ०८ : ५८
बिहीबार, १५ पुस २०७८

 उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । 

तमु (गुरुङ) समुदायको महान् चाड तमु ल्होछार÷ल्होसार–२०७८ का अवसरमा आज शुभकामना दिँदै उहाँले देशको मौलिक संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्नुका साथै राजनीतिक स्थायित्व, दिगो विकास र संविधानको पालनमा ल्होसारले प्रेरित गर्ने बताए ।

गाई वर्गको बिदाइ र बाघ वर्गको स्वागत गर्दै देश तथा विदेशमा रहेका तमु (गुरुङ) समुदायले आज यस वर्षको ल्होसार मनाउँदै छन् । उपराष्ट्रपतिले विश्वव्यापी महामारी कोभिड–१९ को जोखिम कायम रहेको भन्ने विज्ञको सुझावलाई ध्यान दिँदै स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर पर्व मनाउन अनुरोध गरे ।
 
उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिको कामना गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप