मानवअधिकार उल्लङ्घनका घटनामा कमी
जिल्लामा मानवअधिकार उल्लङ्घनका घटनामा कमी आएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्वसमीक्षा कार्यक्रममा मानवअधिकार उल्लङ्घनका घटनामा कमी आएको जनाएको हो । सन् २०२१ को नोभेम्बर १५ सम्म मानवअधिकार उल्लङ्घनका ९२ घटना भएका छन् ।
अघिल्लो वर्ष यसै अवधिमा ११० घटना भएका थिए । सन् २०२१ मा भएका घटनामा ८८ महिला र चार पुरुष पीडित बनेका छन् । इन्सेक चितवनका जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालयमा परेका उजुरीका आधारमा घटना विवरण सङ्कलन गरिएको हो । बालअधिकार उल्लङ्घनका ५१, हत्याका चार, महिला अधिकार उल्लङ्घनका ३७ घटना भएको सो अवसरमा जानकारी दिइएको थियो । बलात्कारका घटनामा बालिका २९ र महिला १६ जना पीडित बनेका छन् । बालविवाह एक र बहुविवाहका १० घटना भएका छन् ।
यौन दुराचारमा १७ बालिका र एक बालक, जबर्जस्ती करणी प्रयासमा सात महिला पीडित बनेका छन् । बेचबिखनमा तीन महिला र तीन बालिका परेका छन् । कुटपिटबाट दुईको मृत्यु भएको छ भने धारिलो हतियार प्रहारबाट एक महिलाको ज्यान गएको छ । हत्या गरिएको अवस्थामा एक पुरुषको शव भेटिएको तथ्याङ्कमा उल्लेख छ । हत्या गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन ।
सन् २०२० मा महिला बलात्कारका १५ र बलात्कार प्रयासका सात घटना भएको सो अवसरमा जानकारी दिइएको थियो । बालिका बलात्कारका ३६ र पाँच प्रयासका घटना भएका थिए । चार महिला र पाँच पुरुषको हत्या भएको थियो ।
छ बालिका बालयौन दुव्र्यवहारमा परेका थिए । बहुविवाहका १४ र आत्महत्या दुरुत्साहनका तीन घटना भएका इन्सेकले जनाएको छ । मानव बेचबिखनका चार, बम विष्फोटका एउटा, हातहतियारसम्बन्धी एउटा र राज्यविरुद्धका अपराधका पाँच घटना भएको अधिकारीले जानकारी दिए ।
गत असोज २८ गते कुटपिटबाट ज्यान गुमाएका भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ वर्षीय भीमबहादुर विकका परिवारले दुई महिना पूरा हुँदा अझै शव बुझेका छैनन् । हत्याको आरोपमा पक्राउ परेका दुईलाई आवेश प्रेरित हत्या भनेर मुद्दा चलाइएको छ । हत्या भएकै दिन नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो । प्रहरीले गत कात्तिक २२ गतेदेखि आरोपितद्वयलाई पुर्पक्षका लागि थुनामा राखेको छ ।
समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले मानवअधिकार उल्लङ्घनका घटना रोक्न सबैको सहयोग आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण