शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तीनै तहको निर्वाचनमा काँग्रेसको बहुमत आउँछ : शंकर भण्डारी

बिहीबार, १५ पुस २०७८, ०८ : ०८
बिहीबार, १५ पुस २०७८

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तीनै तहको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने गरी काम गर्नुपर्ने बताएका छन् ।

नेता भण्डारीले बुधबार बन्दिपुर गाउँपालिकाको नाहालामा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीमा आग्रह गरे । आजै देखि निर्वाचन तयारीमा जुट्ने हो भने बहुमत ल्याउन कुनै पनि असम्भव नभएको उनको बताए । 

सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी १४ जना  काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई केन्द्रीय सदस्य भण्डारीले टीका तथा सदस्यता प्रदान गरेर स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप