शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ल्होसार पर्वले राष्ट्रिय एकता प्रवद्र्धन गर्छ : अध्यक्ष तिमिल्सिना

बिहीबार, १५ पुस २०७८, ०८ : ०१
बिहीबार, १५ पुस २०७८

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तमु ल्होसार पर्वले सबै नेपालीका बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने बताएका छन् ।
    
तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा २६०६ औँ तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तमु ल्होसार जस्ता चाडपर्वको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व रहेको बताए ।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक रहेको भन्दै हाम्रो देशमा ठाउँ÷समुदाय विशेषअनुसार फरकफरक भाषा, धर्म, संस्कृति, वेषभूषा रहेका छन् जुन हाम्रो पहिचान पनि भएको बताए । उनले तमु समुदायले पनि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र संवद्र्धन गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप