कस्तो रहनेछ आजको मौसम ?
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ । वर्षा र हिमपातको सम्भावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
बिहीबार देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
त्यस्तै शुक्रबार देशभर आंशिक बदली रही गण्डकी प्रदेश र प्रदेश नं १ एक वा दुई स्थानहरूमा हल्का वर्षा र उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। शनिबार भने देशभर आंशिक बदलीको सम्भावना रहेको छ। बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘साहसी युवा’ भन्दै प्रचण्डले गरे चणिकलाललाई सम्मान
-
रिसोर्ट बगाउँदा नेपाली सेनाका बहालवाला कर्णेल केसी बेपत्ता
-
कर्मानासा खोलामा आएको बाढीले विप्लवसहित स्थानीयवासीको धानबालीमा क्षति
-
मुलुक विपद्मा फसेका बेला भ्रमण छोट्ट्याएर किन फर्केनन् प्रधानमन्त्री ओली ?
-
‘बेहुली फ्रम मेघौली’ ३० वर्ष लाग्न लागेकी अविवाहित युवतीको कथा हो : स्वस्तिमा
-
कोशीमा १७ जनाको मृत्यु, ८ जना बेपत्ता (विवरणसहित)