पेशी व्यवस्थापनसम्बन्धी निर्देशिका फुलकोर्टबाट पारित
बुधबार, १४ पुस २०७८, २२ : ०५
सर्वोच्च अदालतपछि अब जिल्ला र उच्च अदालतमा पनि गोला प्रक्रियाबाट पेशी तोक्न बाटो खुलेको छ । बुधबार पेशी व्यवस्थापनसम्बन्धी निर्देशिका फुलकोर्टबाट पारित भएसँगै जिल्ला र उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी तोक्ने बाटो खुलेको हो ।
यसअघिको फुलकोर्ट बैठकले पेशी तोक्नका लागि नियमावली बनाउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएको थियो भने अदालतले आवश्यक तयारी गरेर फुलकोर्टमा निर्णयार्थ पेश गरेपछि आज बसेको बैठकले पारित गरेको हो ।
अब आगामी माघ २ गतेदेखि जिल्ला तथा उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुनेछ ।