इच्छाराज तामाङ जेल जाँदा धरौटीमा छाड्न आदेश भएका कोसँग कति रकम माग भयो ?
बुधबार, १४ पुस २०७८, २१ : २९

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीबाट भएको ठगी प्रकरणमा सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठसहित सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतको आदेशले तामाङ र श्रेष्ठ जेल चलान भएका हुन् ।
सीआईबीले अनुसन्धानको क्रममा १२ जना प्रतिवादीहरुलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा आज प्रारम्भिक थुनछेक बहसपछि आदेश जारी भएको हो । जसअनुसार २ जना जेल जाँदा ९ जनासँग धरौटी माग भएको छ । यस्तै एकजना साधारण तारेखमा रिहा भएका हुन् ।