शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी नेताहरुको सम्पत्ति छानबिनको माग

बुधबार, १४ पुस २०७८, २१ : २४
बुधबार, १४ पुस २०७८

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बन्दसत्रमा  नेताहरुको सम्पत्ति छानबिनको माग भएको छ ।  बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल सकिएर रिपोर्टिङ गर्ने क्रममा केही टोली नेताले त्यस्तो माग गरेका हुन् ।

प्रदेश २ बाट सत्यनारायण भगतले नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने विषय आफ्नो समूहमा उठेको बताएका थिए । जनयुद्ध गरेर आएका नेताहरुको जीवनशैलीमा आएको परिवर्तन र सम्पत्ति वृद्धिको बारेमा टिप्पणी हुने गरेको भन्दै छानबिन गर्नुपर्न निष्कर्ष सुनाएका थिए । 

गण्डकी प्रदेशबाट गायत्री गुरुङले पनि आफ्नो समूहमा नेताहरुको सम्पत्ति छानबिन र सार्वजनिक गर्न आवश्यक रहेको छलफलका क्रममा उठेको भन्दै यसबारे गम्भिर हुन जाँच गर्न सुझाव दिइन् । उनको समूहमा एक व्यक्ति दुई पटकभन्दा बढी लाभका पदमा जान नपाउने व्यवस्थादेखि एकै परिवारका दुई जनालाई लाभको पदमा नपठाउने सम्मको सुझाव आएको थियो । 

त्यस्तै कर्णाली प्रदेशबाट विमला केसीले पनि नेताहरुको सम्पत्ति सार्वजनिक गरिनुपर्ने माग गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप