शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

साउथ फिल्मका यी अभिनेत्री, जो करियरका लागि छिरे बलिउड

बुधबार, १४ पुस २०७८, २० : ५९
बुधबार, १४ पुस २०७८

दक्षिण भारतीय (साउथ) फिल्म क्षेत्र पनि बलिउड झै ठुलो मानिन्छ । यो क्षेत्रलाई टोलीवुड भन्ने गरिन्छ । बलिउड अभिनेत्रीले तमिल, तेलूगु र कन्नड जस्ता फिल्ममा समेत काम गरेका छन् । बलिउड पनि साउथका कयौं अभिनेत्री करियर निर्माणका लागि भित्रिएका छन् । ती मध्ये केही यी हुन् । 

इलियान डिक्रुजा 
इलियान डिक्रुजा बलिउड र साउथ दुबै फिल्ममा देखिएकी छन् । फ्यान फ्लोइङ धेरै भएकी अभिनेत्री बलिउडमा ‘बर्फी, ‘रुस्तम’, ‘ह्याप्पी इन्डिङ’ जस्ता फिल्म गरेकी छन् ।

तापसी पन्नु 
अभिनेत्री तापसी पन्नुले फिल्म ‘चश्मे बन्दर’बाट बलिउड डेब्यु गरेकी हुन् । यसअगाडि उनले २०१० मा निर्माण भएको तेलुगू फिल्म ‘झुम्माण्डि नान्दा’ मा काम गरेकी थिइन् ।

काजल अग्रवाल 
काजल अग्रवालले बलिउडमा डेब्यु अजय देवगनको फिल्म ‘सिंघम’ बाट गरेकी थिइन् । त्यसपछि उनले केही फिल्ममा काम गरेकी छन् । बलिउड भन्दा साउथमा उनको करियर राम्रो छ । साउथकी उनी चर्चित अभिनेत्री हुन् ।

श्रीदेवी
स्वर्गीय अभिनेत्री श्रीदेवी बलिउडकी एक समयकी चर्चित अभिनेत्री हुन् । थोरै मानिसलाई थाहा होला उनले तेलुगू, तमिल र कन्नड फिल्ममा काम गरेकी छन् ।

आसीन 
आसीनले आमिर खानको फिल्म ‘गजनी’ बाट बलिउड डेब्यु गरेकी हुन् । उनी साउथकी चर्चित अभिनेत्री हुन् । बलिउडमा पनि उनले कयौ सुपरस्टारसँग अभिनय गरेकी छन् । 
भूमिका चावला
भूमिका चावलाले सलमानको फिल्म ‘तेरे नाम’ बाट बलिउड डेब्यु गरेकी हुन् । यो फिल्म सुपरहिट भएपछि उनले अन्य केही फिल्ममा पनि काम गरिन् । साउथमा उनको चर्चा बलिउड भन्दा धेरै छ । 

श्रृति हासन
श्रृति हासन साउथ सुपरस्टार कमल हासनकी छोरी हुन् । उनी गायिका पनि हुन् । उनले बलिउडका कयौं फिल्ममा पनि काम गरेकी छन्  ।
तमन्ना भाटिया
तमन्ना भाटिया साउथ फिल्म उद्योगकी एक चर्चित अभिनेत्री हुन् । उनी अभिनय र नृत्यका कारण टलिउड उद्योगमा चर्चित छिन् । हिन्दी फिल्ममा पनि उनले कयौं स्टारसँग काम गरेकी छन् । ‘बाहुबली’ मा पनि उनको मुख्य भूमिका रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप