बागलुङमा ज्यान मुद्दाका प्रतिवादी ११ वर्षपछि पक्राउ
बुधबार, १४ पुस २०७८, २० : ३८
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट २० वर्ष कैद फैसला सुनाइएका प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । अदालतले २०६७ असोज ३ मा कैद फैसला गरेपछि फरार रहेका जैमिनी नगरपालिका–१० का ४६ वर्षीय बलबहादुर पुन गत शुक्रबार घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका हुन् ।
पक्राउपछि कैद लगत कट्टाको लागि जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशले थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । गत मङ्सिर ९ गते निसीखोला गाउँपालिका–६ का ३१ वर्षीय टेकबहादुर बुढामगरको हत्या आरोपी उहाँकै श्रीमती २३ वर्षीया मोनिकालाई अनुसन्धानपछि पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी
-
सिंहदरबार वैद्यखानाबाट औषधीको उत्पादन बढाउन मन्त्री पौडेलको आग्रह