शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अब जिल्ला र उच्च अदालतमा पनि गोला प्रक्रियाबाट पेशी तोकिने

बुधबार, १४ पुस २०७८, २० : १२
बुधबार, १४ पुस २०७८

सर्वोच्च अदालतपछि अब जिल्ला र उच्च अदालतमा पनि गोला प्रक्रियाबाट पेशी तोक्न बाटो खुलेको छ । बुधबार पेशी व्यवस्थापनसम्बन्धी निर्देशिका फुलकोर्टबाट पारित भएसँगै जिल्ला र उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी तोक्ने बाटो खुलेको हो । 

यसअघिको फुलकोर्ट बैठकले पेशी तोक्नका लागि नियमावली बनाउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएको थियो भने अदालतले आवश्यक तयारी गरेर फुलकोर्टमा निर्णयार्थ पेश गरेपछि आज बसेको बैठकले पारित गरेको हो । अब आगामी माघ २ गतेदेखि जिल्ला तथा उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप