सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँमा सामूहिक बलात्कार : हालसम्म नौ आरोपी पक्राउ

बुधबार, १४ पुस २०७८, १९ : ४६
बुधबार, १४ पुस २०७८

महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा नेपाल प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाडौँको बसपार्कमा एक महिलाले आफूमाथि सामूहिकरूपमा करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । 

उनका अनुसार घटनाबारे मङ्गलबार अपराह्न ३ बजे प्रहरीमा जानकारी आएको थियो । उजुरी परेलगत्तै खोजतलास र अनुसन्धानमा निस्किएको प्रहरीले त्यसको पाँच घण्टा नबित्दै राति ८ बजे एक जनालाई पक्राउ गरेको थियो । उनीसँगको बयान र थप अनुसन्धानका क्रममा त्यसको तीन घण्टापछि गएराति ११ बजेसम्ममा सात जना नियन्त्रणमा लिएको मैनालीले जानकारी दिए । 

उनका अनुसार थप खोजतलासका क्रममा आज बिहान ९ बजेतिर एक जना र अपराह्न ४ बजे थप एक गरी अहिलेसम्म नौ जना आरोपी पक्राउ परेका छन् । उनीहरुले एक गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको पीडितको आरोप छ । उनको स्वास्थ्य परीक्षणसमेत गरिएको र घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ । सबैले घटना स्वीकार गरको पनि प्रहरीले जानकारी दिएको छ ।

नियन्त्रणमा लिएका व्यक्तिहरु 

–   मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २३को हिक्मत नेपाली,
–   मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २२ को रतन नेपाली,
–   मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं ६  लिउडी घर भई वर्ष २१ सुरेश सेज्वाल, 
–   मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० रोभा  वर्ष १९को दिपक नेपाली
–   मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २३ को शिवहरि वुढा,
–   मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २४ को युवराज वढुवाल 
–   अर्घाखाँची  जिल्ला सितगंगा  नगरपालिका वडा नं १२ घर वताउने जिल्ला कपिलवस्तु वुद्दभुमी वस्ने  ४३ को गोपाल कुमार शिरिष ।
–   मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० वस्ने  वर्ष २५/२६ को हस्त नेपाली (१४ गते विहान पक्राउ गरेको) 
–   मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं ११ झाकोट घर भई वर्ष २४ को चन्द्र साउद (१४ गते दिउसो पक्राउ गरेको)  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप