चीनबारे माओवादी केन्द्रमा प्रश्न– समाजवादी व्यवस्था हो कि पूँजीवादी ?
नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा चीनको शासन व्यवस्थाबारे प्रश्न गरिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा यस्तो प्रश्न उठेको हो । समूहगत छलफलका क्रममा आफ्नो समूहका साथीहरुले उठाएका प्रश्न तथा प्रस्तुत सुझावलाई बन्दसत्रमा पेस गर्दै कर्णाली प्रदेशकी विमला केसीले ‘चीनको व्यवस्था के हो ? समाजवादी कि पूँजीवादी ?’ भन्ने प्रश्न उठेको बताइन् ।
राजनीतिक प्रतिवेदनमा यसबारे व्याख्या हुनुपर्ने उनको भनाइ छ । विश्व कम्युनिस्टमा समाजवादीको धाराको नेतृत्व कसले गरिरहेको छ भन्नेबारे पनि पार्टीले बोल्नुपर्ने उनले बताइन् ।
उनका अनुसार छलफलमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई एजेण्डाका रुपमा लैजानुपर्छ भन्ने सुझाव आएको छ । केन्द्रीय कमिटीमा रहेकाहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, पार्टीमा आचारसंहिता बनाएर लागू गर्नुपर्ने, नेता–कार्यकर्ताको मूल्यांकन विधि बनाउनुपर्ने सुझाव पनि आएको उनले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण