चीनबारे माओवादी केन्द्रमा प्रश्न– समाजवादी व्यवस्था हो कि पूँजीवादी ?

नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा चीनको शासन व्यवस्थाबारे प्रश्न गरिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा यस्तो प्रश्न उठेको हो । समूहगत छलफलका क्रममा आफ्नो समूहका साथीहरुले उठाएका प्रश्न तथा प्रस्तुत सुझावलाई बन्दसत्रमा पेस गर्दै कर्णाली प्रदेशकी विमला केसीले ‘चीनको व्यवस्था के हो ? समाजवादी कि पूँजीवादी ?’ भन्ने प्रश्न उठेको बताइन् ।
राजनीतिक प्रतिवेदनमा यसबारे व्याख्या हुनुपर्ने उनको भनाइ छ । विश्व कम्युनिस्टमा समाजवादीको धाराको नेतृत्व कसले गरिरहेको छ भन्नेबारे पनि पार्टीले बोल्नुपर्ने उनले बताइन् ।
उनका अनुसार छलफलमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई एजेण्डाका रुपमा लैजानुपर्छ भन्ने सुझाव आएको छ । केन्द्रीय कमिटीमा रहेकाहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, पार्टीमा आचारसंहिता बनाएर लागू गर्नुपर्ने, नेता–कार्यकर्ताको मूल्यांकन विधि बनाउनुपर्ने सुझाव पनि आएको उनले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा