रामबहादुर थापा ‘बादल’ लगायतका नेतालाई गद्दार घोषणा गर्न माग

नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले पार्टी छोडेर हिँडेका रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका छन् । सो पार्टीको ८ औं महाधिवेशन अन्तर्गत बुधबार अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथिको छलफलपछि सुझाव पेश गर्दै बादललगायतका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका हुन् । प्रदेश नम्बर १ बाट सुझाव पेश गर्दै हर्कबहादुर नेम्वाङ ‘मेक्सो’ले आफ्नो समुहका तर्फबाट सुझाव पेश गर्दै भने, ‘बादल लगायतका नेताले गद्दारी गरेका छन् । उनीहरले गरेको गद्दारीबारे दस्तावेजमा समेट्नुपर्छ ।’
त्यस्तै उनले पार्टीमा कार्यकर्ता मुल्याङकनको विधि बनाउन पनि माग गरे । ‘कसैले अवसर पाइरहने, कसैले कहिल्यै नपाउने अवस्थाको अन्त्य गर्नुपर्छ’, नेम्वाङले आफ्नो पार्टीको सरकारले गरेका कामहरुलाई उपलव्धिका रुपमा अध्यक्षको दस्तावेजमा समेट्न सुझाव दिए ।
प्रचण्डको दस्तावेज मुलत सही भएको भन्दै उनले दस्तावेजले पार्टीलाई सही दिशामा हिडाउने संकेत मिलेको र नेताहरुले आफुलाई आफैले रुपान्तरण गर्ने कुरा राम्रो भएको बताए । भारत र चीनसँगको सम्बन्धका बारेमा पार्टीमा थप व्याख्या आवश्यक रहेको नेम्वाङले सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा