शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रमा दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाइने व्यवस्थाको माग

बुधबार, १४ पुस २०७८, १६ : ५३
बुधबार, १४ पुस २०७८

 नेकपा माओवादी केन्द्रमा दुई कार्यकालभन्दा बढी एउटै कार्यकारी पदमा बस्न नपाईने व्यवस्था सुनिश्चित गर्न माग गरिएको छ । पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरुले यस्तो धारणा राखेका हुन् ।

आफ्नो टोलीको समूहगत छलफलका निष्कर्ष बन्दसत्रमा पेस गर्दै मीनबहादुर कुँवरले पार्टी र सरकारको कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था लागू गर्न प्रतिनिधिहरुले सुझाव दिएको बताए ।

उनले सीमा अतिक्रमणका बारेमा प्रस्ट धारणा ल्याउनुपर्ने र अतिक्रमिक भूमि फिर्ता लिने ठोस नीति पनि प्रतिवेदनमा उल्लेख हुनुपर्ने राय आफ्नो समूहबाट आएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप