माओवादी केन्द्रमा दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाइने व्यवस्थाको माग
बुधबार, १४ पुस २०७८, १६ : ५३
नेकपा माओवादी केन्द्रमा दुई कार्यकालभन्दा बढी एउटै कार्यकारी पदमा बस्न नपाईने व्यवस्था सुनिश्चित गर्न माग गरिएको छ । पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरुले यस्तो धारणा राखेका हुन् ।
आफ्नो टोलीको समूहगत छलफलका निष्कर्ष बन्दसत्रमा पेस गर्दै मीनबहादुर कुँवरले पार्टी र सरकारको कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था लागू गर्न प्रतिनिधिहरुले सुझाव दिएको बताए ।
उनले सीमा अतिक्रमणका बारेमा प्रस्ट धारणा ल्याउनुपर्ने र अतिक्रमिक भूमि फिर्ता लिने ठोस नीति पनि प्रतिवेदनमा उल्लेख हुनुपर्ने राय आफ्नो समूहबाट आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण