‘प्रचण्डको प्रतिवेदनले दलालहरूको मुटुमा भूकम्प पैदा गरिदियो, प्रचण्डपथको घोषणा गरियोस्’
माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले प्रचण्डको ओजपूर्ण प्रतिवेदनले दलाल पुँजीपतिहरूको मुटुमा अकल्पनीय भूकम्प ल्याइदिएको बताएका छन् । बन्दसत्रमा बागमती प्रदेश समूहको छलफलको निष्कर्ष रिपोर्टिङ गर्ने क्रममा बुधबार उनले भने, प्रचण्डको प्रतिवेदनले सबैखाले दलालको मुटुमा अकल्पनीय भूकम्प पैदा भएको छ । यसअर्थमा क्रान्तिकारी लालसलाम व्यक्त गर्न चाहन्छु ।’
उनले प्रचण्डपथ छाड्न नहुनेमा पनि जोड दिए । प्रचण्डको प्रतिवेदनमा प्रचण्डपथलाई नसमेटिएको प्रति टिप्पणी गर्दै उनले भने, ‘२०६९ सालको हेटौँडा महाधिवेशनको बन्दसत्रको हलमा ५९ औ नम्बरको टोली नेताको रुपमा उभिने अवसर प्राप्त गरेको थिएँ । समूहको भावनाको प्रतिनिधित्व गरेर मैले जबरजस्त प्रस्तुत गरेको । ०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनले प्रशिक्षित गरेको प्रचण्डपथ एउटा ऐतिहासिक कालखण्डको विचार हो । प्रचण्डको पथलाई तपाईँले किन सजिलै स्थगित गर्ने निर्णय लिने भयो र हटाउने प्रस्ताव कसरी राख्नुभयो ?’ प्रचण्डपथ स्थगित हुन नहुने भन्दै पार्टीले सो पथ फर्किएको हेर्न चाहेको बताए ।
तीन दशकदेखि राजनीति माओवादीको एजेण्डामा हिँडिरहेको बताउँदै उनले आफूहरुलाई नेतृत्वको उच्च केन्द्रीकरण चाहिएको बताए । उनले यस महाधिवेशनबाट प्रचण्ड विचारको रुपमा समग्र विचारहरु कन्द्रीकरण गरेर यही विचारलाई घोषणा गरिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण