शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रचण्डको प्रतिवेदनले दलालहरूको मुटुमा भूकम्प पैदा गरिदियो, प्रचण्डपथको घोषणा गरियोस्’

बुधबार, १४ पुस २०७८, १६ : ५०
बुधबार, १४ पुस २०७८

माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले प्रचण्डको ओजपूर्ण प्रतिवेदनले दलाल पुँजीपतिहरूको मुटुमा अकल्पनीय भूकम्प ल्याइदिएको बताएका छन् । बन्दसत्रमा बागमती प्रदेश समूहको छलफलको निष्कर्ष रिपोर्टिङ गर्ने क्रममा बुधबार उनले भने, प्रचण्डको प्रतिवेदनले सबैखाले दलालको मुटुमा अकल्पनीय भूकम्प पैदा भएको छ । यसअर्थमा क्रान्तिकारी लालसलाम व्यक्त गर्न चाहन्छु ।’

उनले प्रचण्डपथ छाड्न नहुनेमा पनि जोड दिए । प्रचण्डको प्रतिवेदनमा प्रचण्डपथलाई नसमेटिएको प्रति टिप्पणी गर्दै उनले भने, ‘२०६९ सालको हेटौँडा महाधिवेशनको बन्दसत्रको हलमा ५९ औ नम्बरको टोली नेताको रुपमा उभिने अवसर प्राप्त गरेको थिएँ । समूहको भावनाको प्रतिनिधित्व गरेर मैले जबरजस्त प्रस्तुत गरेको । ०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनले प्रशिक्षित गरेको प्रचण्डपथ एउटा ऐतिहासिक कालखण्डको विचार हो । प्रचण्डको पथलाई तपाईँले किन सजिलै स्थगित गर्ने निर्णय लिने भयो र हटाउने प्रस्ताव कसरी राख्नुभयो ?’ प्रचण्डपथ स्थगित हुन नहुने भन्दै पार्टीले सो पथ फर्किएको हेर्न चाहेको बताए । 

तीन दशकदेखि राजनीति माओवादीको एजेण्डामा हिँडिरहेको बताउँदै उनले आफूहरुलाई नेतृत्वको उच्च केन्द्रीकरण चाहिएको बताए । उनले यस महाधिवेशनबाट प्रचण्ड विचारको रुपमा समग्र विचारहरु कन्द्रीकरण गरेर यही विचारलाई घोषणा गरिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप